मकवानपुर । मकवानपुर प्रहरीले अवैध पटका ५ प्याकेट बरामद गरेको छ ।
प्रहरीले मंगलबार हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ पिपल चौतारा नजिकैबाट ५ प्याकेट (२५० पिस ) पटका बरामद गरेको हो । उक्त पटका पुर्व–पश्चिम सडकखण्डमा खटिएको चेकिङ टोलीले बरामद गरेको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
उनका अनुसार विरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको ना.५ ख ५२६४ नम्वरको तेलको ट्याङकरलाई जाँच गर्दा उक्त परिमाणको पटका बरामद गरिएको हाे ।