मकवानपुर । हेटौंडा लेडी जेसीजको जेसीज सप्ताह असोज १५ गते बुधबारबाट सुरु हुने भएको छ। हेटौंडा लेडी जेसीजले कात्तिक १५ गतेबाट १८ गतेसम्म विभिन्न कार्यक्रम गरी जेसीज सप्ताह २०२३ मनाउने भएकाे हाे ।
जेसीज सप्ताह अन्तर्गत असोज १५ गते बुधबार हेटौंडा – १ ब्लड बैंक भवनमा रक्तदान कार्यक्रम गर्दैछ भने हेटौंडा-४ स्थित हेटौंडा क्याम्पसमा स्व. बुद्धरत्न शाक्य स्मृती खुल्ला वक्तृत्वकला प्रतियोगिता कार्यक्रमको आयोजना गर्ने जेसीज अध्यक्ष डिलमाया घर्ती दिलुले जानकारी दिइन् ।
त्यस्तै कात्तिक १६ गते हेटौंडा- १ चौकिटोलस्थित ओम वृद्धआश्रमलागि खाद्यन्न सहयाेग र हेटौंडा- ४ मा रहेको भुङग्रो थकालीमा बैठक संचालन प्रणfली तालिमको आयोजना गरिने अध्यक्ष घर्तीले बताइन् । यसैगरी कात्तिक १ं७ गते हेटौंडा-४ स्थित सितलमहल चोकमा स्लो स्कुटी रेस हुनेछ भने साेही दिन मनहरी गाउँपालिका वडा नम्बर २ चकरीमा रहेकाे श्री प्राविमा शैक्षिक सामग्री सहयोग गरिने कार्यक्रम रहेकाे उनले जानकारी दिइन् । उक्त विद्यालयमा स्व. बाशु प्रसाद पौडेलकाे स्मृतिमा शैक्षिक सामग्री हस्तान्तरण गरिने भएकाे हाे ।
जेसीज सप्ताहकाे अन्तिम दिन कात्तिक १८ गते बिहान हेटौंडा- ५ मा रहेको हाम्रो घर बालगृहमा सरसफाइ सामाग्री सहयाेग गरिने कार्यक्रम रहेकाे र सोही दिन दिउँसो २ बजे समापन कार्यक्रम रहेको मुल कार्यक्रम संयोजक कार्यकारी उपाध्यक्ष अस्मिता न्यौपानेले जानकारी दिइन् ।