मकवानपुर । मकवानपुरकाे भीमफेदी गाउँपालिकामा भिरबाट लड्दा १ जनाकाे मृत्यु भएकाे छ । असोज १२ गते दिउँसो भिमफेदी ३ बेसारघारी बस्ने ७० वर्षीय गणेश ब.स्याङतानकाे भिरबाट लड्दा मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
प्रहरीका अनुसार स्याङ्तान घरदेखि डेड कि.मी पश्चिम तर्फ रहेको भिरमा घास काट्न जादाँ लडी मृत्यु भएको हाे । अहिले उक्त स्थानमा ईलाका प्रहरी कार्यालय भिमफेदीबाट प्रहरी निरीक्षकसहितकाे टाेली घटनास्थलमा गएकाे छ ।