मकवानपुर । नेपाल तरुण दल मकवानपुरले शुक्रबार खाद्यान्न सहयाेग गरेकाे छ । उसले ७१ औं स्थापना दिवसकाे अवसरमा खाद्यान्न सहयाेग गरेकाे हाे ।
तरुण दलले स्थापना दिवसको अवसरमा हेटौंडा–१४, मयुरथधापस्थित अनाथ, अपाङ्ग बाल पुनर्स्थापना केन्द्रमै गएर दाल, चामल, नुन, तेल, प्याज तथा आलुलगायत खाद्यान्न सहयाेग गरेको हो । नेपाल कांग्रेस मकवानपुर सभापति बुद्ध लामा, कांग्रेस मकवानपुर पूर्वसभापति रघुरमण न्यौपाने, तथा सचिव इश्वर पाठकले संस्थाका अध्यक्ष रामहरि कोइरालालाई खाद्यान्न हस्तान्तरण गरेका थिए ।
‘आफ्नो संगठन सदैव सामाजिक क्रियाकलापमा क्रियाशील रहेको छ’ तरुण दल मकवानपुरका कार्यवाहक अध्यक्ष लिलाराज सापकोटा (सन्तोष) भने ‘हामीले स्थापना दिवसलाई रचनात्मक तवरबाट मनाउने क्रममा खाद्यान्न सहयाेग गरेका हौं ।’ सापकाेटाले अनाथ, अपाङ्ग बाल पुनर्स्थापना केन्द्रलाई वर्षेनी सहयोग गर्ने गरेको बताए ।