मकवानपुर । मकवानपुर प्रहरीले हेटौंडाबाट तास खेलीरहेका ९ जनालाई नियन्त्रणमा लिएको छ ।
विहीबार साँझ हेटौंडा–७, देवी बन टोल स्थित गोकुल नाथ पौडेलको घरमा तास खेलिरहेको अवस्थामा पौडेलसहित ९ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
तास खेलिरहेको स्थानबाट ४ लाख ६५ हजार ३ सय ९० रुपैयाँ नगद सहित हेटौंडा–८ बस्ने अजय खड्का, मंदिप पौडेल, रोहित कुमार के.बी., भरत तितुङ, हेटौंडा–७, बस्ने रुपक चौलागाई, बिरेन्द्र खत्री, सबिन चौलागाई, गोकुल नाथ पौडेल र हेटौंडा–१५ बस्ने ओम घलानलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।