मकवानपुर । मकवानपुर गढी गाउँपालिकामा अटो दुर्घटना हुँदा ७ जना घाइते भएका छन् ।
असोज ८ गते मंगलबार मकवानपुर गढी -७ दुम्सीडाडा स्थित भित्री कच्ची सडक खण्डमा दुम्सीडाडाबाट हेटौडा तर्फ आउदै गरेको ना. २ ह ५१७४ नम्बरको अटो आफै अनियन्त्रित भई सडकबाट ३५ फिट तल खस्दा अटोमा सवार ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
अटो दुर्घटनामा मकवानपुर गढी ७ सुकौरा बस्ने २३ वर्षीय मनिता मोक्तान, निजको २ महिनाको छोरी जानुका जिम्बा,सुकौरा बस्ने २९ वर्षीय कृष्ण बहादुर योन्जन निजको छोरी ८ वर्षीय सारोक्षा योन्जन, सुकौराकै २६ वर्षीय दिल माया योन्जन, २२ वर्षीय हिरा माया योन्जन र २२ वर्षीय बिकाश योन्जन मोक्तान घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए ।
घाइतेहरुको हेटौंडा अस्पतालमा उपचारको लागि ल्याइएकोमा मनिता मोक्तान, निजको २ महिनाको छोरी जानुका जिम्बाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रवक्ता भण्डारीले बताए । अन्य घाइते उपचार पछि डिस्चार्ज भएको बताइएको छ ।