मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका जुरीखेतमा स्कुटर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।
मकवानपुर प्रहरीका अनुसार असोज ८ गते बुधबार बेलुका भिमफेदी ६ जुरीखेतस्थित भीमफेदी कुलेखानी काठमाडौ सडक खण्डमा काठमाडौ तर्फबाट हेटौडा तर्फ आउदै गरेको बागमती प्रदेश ०२-०२७ प ४८४२ नम्बरको स्कुटर आफै अनियन्त्रित भई दुर्घटना हुँदा काठमाडौ २७ महाबौद्ध बस्ने ६५ वर्षी शसिराज पाण्डे र निजको श्रीमती ६२ वर्षीय राज्यश्री थापा क्षेत्र घाइते भएका थिए ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार स्कुटर चालक काठमाडौ २७ महाबौद्ध बस्ने ६५ वर्षीय पाण्डे र ६२ वर्षीय क्षेत्रीलाई उपचारको लागि हेटौंडा अस्पताल ल्याइएको थियो । क्षेत्रीको बेलुका ७:२० बजे उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको मकवानपुर प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए । घाइते पाण्डेको हेटौंडा अस्पताल मै उपचार भइरहेको छ ।
स्कुटर दुर्घटनामा घाइते भएका पाण्डे र क्षेत्रीलाई ६० मिटर तलबाट उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ । स्कुटर सडकबाट करिब १ सय मिटर तल खसेको साथै स्कुटरको नम्बर घाइते पाण्डेले जानकारी गराएको भण्डारीले बताए ।