मकवानपुर । नेपालले यू-१९ प्रिमियर कपको उपाधि जितेको छ । यूएईलाई १९ रनले हराउँदै नेपालले उपाधी जितेकाे हाे । उपाधी जीतसँगै नेपाल यूएई यू-१९ एसिया कपकाे लागि छनौट भएकाे छ ।
मलेसियाको क्वालालाम्पुरस्थित बायोमास ओभलमा भएको खेलमा डकवर्थ लुइस मेथडमा १ सय ९८ रनको लक्ष्य पाएको यूएईले २६.५ ओभरमा अलआउट हुँदै १ सय ७८ रनमात्रै बनायाे । टस जितेर पहिले ब्याटिङ राेजेकाे खेलकाे पहिलाे पारीमा नेपालले ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ८१ रनको लक्ष्य युएईलाई दिएको थियो ।
तर, खेल वर्षाका कारण प्रभावित हुँदा २७ ओभरमा छोट्याएर डकवर्थ लुइस मेथडमा नयाँ लक्ष्य निर्धारण गरिएको थियो । नेपालका बलर आकाश त्रिपाठीले ४, सुवाश भण्डारीले ३, आकाश चन्दले २ र हेमन्त धामी एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको नेपालले कप्तान देव खनालको शतक मद्दतमा निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८० रन बनाएको थियो ।
यूएईको पारीमा भने वर्षा भयो । २ ओभरमै वर्षा भएपछि प्रभावित भएको खेल केही समयमा पुन: सुरु भयो । तर, फेरि ११ ओभरमा वर्षा भएपछि प्रभावित भएको खेललाई २७ ओभरमा छोट्याएर डकवर्थ लुइस मेथडमा नयाँ लक्ष्य निर्धारण गरिएको थियो ।
च्याम्पियन बनेको नेपालसँगै यूएई यू-१९ एसिया कपमा छनोट भइसकेका छन् । तेस्रो भएको जापान पनि एसिया कपमा छनोट भएको छ । एसिया कप आगामी डिसेम्बरमा पाकिस्तानमा हुनेछ ।