मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकाले भीमफेदी कारागारका कैदीबन्दीहरुलाई दसैँ मनाउन सहयोग गरेकाे छ । पालिका अध्यक्ष धर्मराज लामिछानेसहितको टोली कारागार पुगेर कैदीबन्दीलाई दसैँ मनाउनका लागि शुक्रबार ५० हजार रुपियाँ नगद सहयोग प्रदान गरेका छन् ।
पालिका अध्यक्ष लामिछानेले कैदीबन्दीलाई दसैँ खुशीयालीपूर्वक मनाउन सहयोग प्रदान गरेको बताए । सहयोग कार्यक्रममा गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष राजन दङ्गाल, नेपाली कांग्रेस मकवानपुरका पूर्व सभापति रघुरमण न्यौपानेलगायतकाे उपस्थिति रहेको थियो ।
यस्तै राक्सिराङ गाउँपालिका पनि कैदीवन्दीकाे लागि कारागारलाई खशी र खाद्यान्न उपलब्ध गराएको छ । यसअघि कैलाश गाउँपालिका कारागारका कैदीवन्दीलाई दशैंमनाउन सहयाेग स्वरुप खसी, चिउरा र तेल कारागारलाई हस्तान्तरण गरेकाे थियाे ।
पुरुष ब्लक २ वटा र महिला ब्लक १ वटा रहेको कारागारमा हाल १ हजार ३८ पुरुष, ३७ महिला कैदीबन्दी र २ जना आश्रित नाबालक रहेकाे कारागार प्रशासनले जनाएकाे छ ।