मकवानपुर । मकवानपुरमा भएकाे माेटरसाइकल दुर्घटनामा एक जनाकाे ज्यान गएकाे छ ।
मकवानपुर जिल्ला भिमफेदी गाउँपािलका १ बाघझोरा स्थित त्रिभुबनराजपथ सडकखण्डमा भैसेबाट हेटौडातर्फ जादै गरेको ना १७ प २१८९ नं.को माटरसाइकल अनियन्त्रित भई दुर्घटना भएकाे हाे । शुक्रबार राती भएकाे दुर्घटनामा माेटरसाइकल सडकबाट अन्दाजी १० मिटर तल खस्दा चालक मकवानपुर भिमफेदी ६ बैकरोड बस्ने ३४ वर्षीय सुमिन लामाकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।
दुर्घटनापछी उपचारको लागि हेटौडा अस्पताल ल्याइएकाेमा डाक्टरले मृत्यु घोषणा गरेका थिए । माेटरसाइकलकाे पछाडी सवार साेही स्थामा निवासी ३० वर्षका रोमन बस्नेत बायां खुट्टामा र च्यापुमा चोट लागेकाे प्रहरीले जनाएकाे छ । उनकाे हेटौडा अस्पतालमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय भिमफेदीका प्रहरी वरिष्ठ नायव निरीक्षक प्रकाश घिमिरेले बताए ।