मकवानपुर । गजल मञ्च मकवानपुरद्वारा प्रकाशित गजल यात्रा-४ पुस्तककाे विमोचन गरिएकाे छ । मञ्च मकवानपुरकाे २ सय ७ औँ गजल यात्रा तथा शुभकामना आदानप्रदान कार्यक्रममा शुक्रबार गजल यात्रा-४ को विमोचन गरिएको हो ।
२०६६ सालबाट प्रकाशन गर्न थालिएकाे गजल यात्राकाे चौथाे संस्करण शुक्रबार विमाेचन भएकाे हाे । गजल यात्रा पुस्तककाे हेटाैडा उपमहानगरपालिका वडा नंम्बर ४ का अध्यक्ष नविन सिग्देल, साहित्यकार तुल्सी घिमिरे, सर्जक सञ्जाल मकवानपुर संयाेजक निमेष लिखिल र गजल मञ्च अध्यक्ष केशव समर्पणले विमाेचन गरेका थिए ।
प्रमुख अतिथि सिग्देलले गजल मञ्चको कार्यक्रममा शुभकामना व्यक्त गर्दै भने- “साहित्यले समाजलाई सकारात्मक परिवर्तन गर्नुपर्छ । ‘अबको विकास भौतिक मात्र नभएर भाषा, संस्कृति र साहित्यको हुनुपर्छ‘ सिग्देलले भने–‘साहित्यले सबैलाई समेट्नु पर्छ ।’ साहित्यिक संस्थाहरुले वार्षिक योजना सहित प्रस्ताव ल्याउन सके स्थानीय तहबाट सहयाेग गरिने उनकाे भनाइ थियाे । साहित्यकाे क्षेत्रमा ४ नम्बर वडाले यस अघी लगानी गरेकाे बताउँदै उनले भने ‘समाजलाई साहित्य मार्फत परिवर्तन गराउन सकिन्छ ।
गजल यात्रामा गजलकारहरू श्याम बानियाँ, सुवास खनाल, पुरुषोत्तम आचार्य, श्रीराम अधिकारी, सुवास सजल अनिल कोइराला, तुलसी घिमिरे, केशव समर्पण प्रियान्सु विडारी संजीत श्रेष्ठलगायतले आफ्ना गजल वाचन गरेका थिए ।
कार्यक्रममा साहित्य सङ्गमका अध्यक्ष डी.बी. बर्तौला, मातृभूमि साहित्य समाजका अध्यक्ष माधव पोखरेल, सिस्नुपानी मकवानपुरका अध्यक्ष राजकुमार लामिछाने, ऋषी केवी, छवी अनित्य, मशान उपासक, सानू खनाल, मिथिला अधिकारीलगायतकाे साहित्यकारकाे उपस्थिति रहेकाे थियाे ।
गजल मञ्च मकवानपुरका अध्यक्ष केशव समर्पणको सभाध्यक्ष एवम् हेटौंडा वडा न. ४ का वडा अध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा तुलसी घिमिरे र सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिल विशिष्ट आतिथ्यता रहेकाे थियाे ।