मकवानपुर । बागमती प्रदेशकाे कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी आन्तरिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामालाई दिइएकाे छ ।प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल केही समयका लागि देश बाहिर जाने भएको भन्दै प्रदेश प्रमुख यादव चन्द्र शर्माले मुख्यमन्त्रीको जिम्मेवारी लामालाई दिएका हुन् ।
बिहीबार प्रदेश प्रमुख कार्यालयका प्रवक्ता गोविन्द प्रसाद पौडेलले एक सूचना जारी गर्दै मुख्यमन्त्री कात्तिक ४ गते शनिबारदेखि देश बाहिर जाने भएकाेले कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी मन्त्री लामालाई दिइएकाे जनाएका हुन् । मुख्यमन्त्री जम्मकट्टेलको अनुपस्थितिमा मुख्यमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम मन्त्री लामाले सम्हाल्ने गरी जिम्मेवारी तोकेको प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।