मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा कार्यरत एक जना कर्मचारीको सवारी दुर्घटनामा मृत्यु भएको छ ।
पालिकाकामा असिस्टेन्ट सव–ईन्जिनियर पदमा सरोज महतोको सवारी दुर्घटनामा परी बुधबार मृत्यु भएको हो ।जनकपुरस्थित घर जाने क्रममा पूर्वपश्चिम राजमार्गअन्तर्गत रौतहट जिल्ला चन्द्रनिगाहपुरमा बुधबार मोटरसाइकल दुर्घटना हुँदा महतोको मृत्यु भएको हो ।
शुक्रबार शोक बिदा
विहीबार पालिकाले सूचना जारी गर्दै महतोको निधनमा शुक्रबार शोक विदा दिएको छ । अध्यक्षस्तरको निर्णयबाट पालिका तथा पालिका अन्तर्गतका सम्पुर्ण कार्यालयमा बिदा दिइने प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठद्वारा हस्ताक्षर गरिएको सूचनामा उल्लेख छ ।