मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकामा आफ्नै दाइमाथि खुकुरी प्रहार गरी घाइते बनाएकाे आराेपमा भाइलाई प्रहरीले पक्राउ गरेकाे छ । बागमती वडा नं.९ बेतिनी अगौटेमा आफ्नै दाजुमाथि खुकुरी प्रहार गरी फरार रहेका भाइलाई प्रहरीले मंगलबार पक्राउ गरेको हाे ।
अगौटे वस्ने ४८ बर्षीय अशोक तुम सिहंलाई खुकुरी प्रहार गरी फरार रहेका ४७ बर्षीय जिवन बहादुर तुम सिंहलाई पक्राउ गरिएको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । भाइ जिवनले आफ्नै दाइ अशोकलाई गत असोज २८ गते साँझ खुकुरी प्रहार गरेका थिए ।
प्रहरीका अनुसार खुकुरी प्रहारबाट दाजु अशोकको घाटी र दाहिने हातमा काटेको थियो । पक्राउ परेका जिवनमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।