मकवानपुर । चाड पर्वमा हुने भीडभाड र यातायातामा सुरक्षामाथि सुरक्षित हुनकाे लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले सार्वजनिक सवारी साधनमा टाइम कार्ड लागू गरेको छ ।
सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले चाड पर्वलक्षित गरी मंगलबारबाट टाइम कार्ड लागू गरेको ट्राफिक प्रहरीले जारी गरेको सूचनामा जनाइएको हो । पार्सा जिल्लाकाे सिमाना कटेर हेटाैडा उपमहानगरपालिका १५ चुरियामाईबाट हेटौंडा बसपार्क, मनहरी हुँदै चितवन जाने सार्वजनिक यात्रुवाहक सवारी साधनहरुमा अनिवार्य रुपमा टाइम कार्ड लागू भएको ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
यात्रु पाइने हाेडमा छिटाेछिटाे सवारी गुडाउँदा दुर्घटना हुने संभावनालाई कम गर्न जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयको सहकार्यमा टाइम कार्ड लागू गरिएको हो । सो रुटमा चल्ने यात्रुवाहक सवारी साधनलहरुले अनिवार्य टाइम कार्ड लिनुपर्ने व्यवस्था गरिएको सूचनामा उल्लेख छ ।
टाइम कार्ड नलिई सवारी चलाएमा यातायात व्यवस्था ऐन, नियमबमोजिम कारवाही हुनेसमेत प्रहरीले जनाएको छ । मकवानपुरबाट काठमाण्डाै जाने सुमाेहरुमा भने यस अघि नै टाइम कार्ड लागु भइसकेकाे छ । ताेकिएकाे स्थानबाट ताेकिएकाे स्थानमा ताेकिएभन्दा चाँडाे पुगेका नियम अनुसार कारवाही गरिने प्रहरीले जनाएकाे छ ।