मकवानपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय भद्रपुर झापामा कार्यरत सर्वेक्षक देव नारायण ठाकुरलाई नियन्त्रणमा लिएको छ ।
जग्गा कित्ताकाट गरेबापत सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचनाका आधारमा आयोगको कार्यालय, इटहरीबाट खटिई गएको टोलीले सर्वेक्षक ठाकुर र बिचौलिया उमेश यादवलाई घुससहित रंगेहात नियन्त्रणमा लिएको हो ।
सेवाग्राहीबाट नगद रु.७० हजार रुपैयाँ र रु. ५५ हजारको चेक गरी जम्मा रु. १ लाख २५ हजार घुस रकम लिइसकेको अवस्थामा अख्तियारले पक्राउ गरेको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।
उनीहरूलाई झापाको भद्रपुर नगरपालिका वडा नम्बर ७, चन्द्रगढीबाट सोमबार पक्राउ गरिएको तथा थप अनुसन्धान भइरहेको आयोगले जनाइएको छ ।