मकवानपुर । हेटौंडा २ स्थित ब्रमकुमारी राजयोग सेवा केन्द्रले बडा दशै, दीपावली तथा छठ पर्वको अवसरमा शुभ भावना आदनप्रदान कार्यक्रम गरेको छ ।
कार्यक्रममा मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेडाइले सामाजिक मर्यादा, सामाजिक सद्भावना अभिबृद्विको लागि चाडपर्वको महत्व रहेको बताए ।
केन्द्रको क्षेत्रीय सन्चालिका शुशिला दिदिको अध्यक्षतामा भएको कार्यक्रममा प्रजिअ सेडाइले सनातन धर्म सस्कृती मूल्य मान्यताले आपसी सहिष्णुता कामय राख्ने बताए ।
जानअन्जानमा भएका त्रुटिलाई क्षमादान दिने र क्षमा याचना गर्नु जीवन सहज बाटोमा हिडाउने उपाय भएको मोटिभेटर बिजयराज सिग्देलले बताए । दशै पर्वकै अवसर पारेर पन्च विकार (काम, क्रोध, लोभ, मोह, अहंकार) त्याग्न पर्ने केन्द्रकी बिष्णु दिदि बताइन् ।
कार्यक्रम जनसेवा साकोसको अध्यक्ष बसन्तराज गौतम, पत्रकार सरिता दाहाललगायतको उपस्थिति रहेको थियो ।
शुभ भावना आदनप्रदान कार्यक्रममा दशै पर्वको ऐतिहासिक धार्मिक मान्यता, सान्दर्भिकतासंगै महिषासुर र देवी दुर्गाको झाँकी तथा नृत्य समेत प्रस्तुत गरिएको कार्यक्रम सन्चालक बिकेमणी गुरुङले बताए ।