मकवानपुर । मकवानपुरको बकैयामा विषालु च्याउ खाँदा ६ जना बिरामी परेका छन् । बकैया गाउँपालिका वडा नं.३ बसनमा घर छेउमा उम्रेको च्याउ खाँदा ६ जना किरामी परेका हुन् ।
शुक्रबार दिउँसो घर नजिकै छेउमा उम्रेको च्याउ पकाएर खादा २ परिवारका ६ जना विरामी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । च्याउ खाँदा विरामी हुनेमा स्थानीय ७० बर्षीय सुभे सिंह भोलन, उनको श्रीमती ६५ बर्षीया ठुलीमाया भोलन, उनको छोरा २६ बर्षीय गंगालाल भोलन, ३० बर्षीय निरोज रुम्बा, उनको श्रीमती ३० बर्षीया सम्झना रुम्बा र उनको भाउजु ३६ बर्षीया फुलमाया रुम्बा रहेका छन् ।
विरामीहरको हेटौंडा अस्पतालमा उपचार भइरहेको मकवानपुर प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिएका छन् ।