मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकामा वर्थिङ सेन्टर तथा भिडियो एक्सरे सहितको स्वाथ्य सेवा संचालनमा आएको छ । पालिकाकाे वडा नम्बर ७ स्थित स्वास्थ्य चौकीमा वर्थिङ सेन्टर तथा भिडियो एक्सरे सहितको स्वाथ्य सेवा संचालनमा आएकाे हाे ।
भौगोलिक विकटताको कारण सहज र सुलव स्वास्थ्य सेवाको पहुँचबाट बञ्चित कैलाशका स्थानीयलाई वर्थिङ सेन्टर तथा भिडियो एक्सरे सहितको स्वाथ्य सेवा सैचालनमा आएसंगै उपचारमा सहज हुने भएकाे छ । बुधबारबाट कैलाशमा भिडियो एक्सरे सहित गर्भावस्था जाँच तथा वर्थिङ सेन्टर कार्यको सुरुवात गरिएकाे छ ।
बुधबार एक कार्यक्रमका बिच गाँउपालिका अध्यक्ष लोक बहादुर मोक्तानले एक्सरे सहित गर्भावस्था जाँच तथा वर्थिङ सेन्टरको उद्घाटन गरेका हुन् । पालिकामा रहेको ङको स्वास्थ्य चौकीमा गर्भवतीसँग पालिका प्रमुख कार्यक्रम अन्तरगत पहिलो कार्यक्रमको सुरुवात गरिएको अध्यक्ष माेक्तानले बताए । कैलाश गाउँपालिका चेपाङ र तामाङ समूदायको बाहुल्यता रहेकोले पनि नियमित गर्भवती परीक्षण नगर्ने भएकाले स्वास्थ्य चौकीमै विशेषज्ञका साथ भिडियो एक्सरे सेवा सुरु गरिएको वडा ७ का वडा अध्यक्ष उदास भ्लोनले बताए ।
वर्थिङ सेन्टरबाट बुधबार ४० जना गर्भवती महिलाले परीक्षण सुविधा लिएकाे वडाध्यक्ष भ्लोनले जानकारी दिए । विदुर भण्डारीसहितकाे स्वास्थ्य टोलीले गर्भवती महिलाकाे स्वास्थ्य परीक्षण गरेका थिए । गाउँपालिकाले वार्षिक कार्यक्रमै समेटिएर कार्यक्रम पालिका अध्यक्ष मोक्तानले जानकारी दिए । पालिकाका प्रत्येक गर्भवती महिलाले सुरक्षित गर्भावस्था जाँच सेवा प्रदान गर्ने र हेटौंडा अस्पतालका डाक्टर विदुर भण्डारीसँगको सहकार्यमा महिनाको दुई पटक गाउँपालिकामा उक्त सेवा दिने अध्यक्ष मोक्तानले बताए ।
त्यसैगरी गाउँपालिकाका स्वास्थ्य संयोजक कृष्णकुमार यादवले स्त्री रोग विशेषज्ञले स्वास्थ्य चौकीबाटनै सेवा प्रदान गर्ने बताए । यादवले पालिकामा वडा नम्बर २,३,५,८,९ मा यस अघिनै वर्थिङ सेन्टर सञ्चालन भइसकेको बताए । कार्यक्रममा पालिका उपाध्यक्ष बालकुमार मल्ल ठकुरी, डाक्टर विदुर भण्डारी, स्वास्थ्य संयोजक कृष्ण कुमार यादव लगायतको उपस्थिति रहेको थियो ।