मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकामा आँखा शिविर भएकाे छ । निःशुल्क भएकाे शिविरमा १ सय ११ जनाको आँखा जाच गरिएको छ । कैलाश गाउँपालिका–५, गोगने स्वास्थ्य चौकीमा भएको शिविरमा महिला ५१ र पुरुष ६० जनाको आँखा जाज गरिएको हाे ।
हेटौँडा सामुदायिक आँखा अस्पताल, तिलगंगा सामुदायिक आँखा केन्द्र र कैलाश गाउँपालिकाको आयोजनामा भएको आँखा शिविरमा ११ जनाको आँखामा मोतिविन्दुको समस्या देखिएको छ । निःशुल्क आँखा शिविरमा हेटौँडा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोग रहेको थियाे । मोतिविन्दु देखिएका बिरामीहरुको बिहीबार तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङमा निःशुल्क शल्यक्रिया गरिने बताइएकाे छ ।
शिविरमा कैलाश गाउँपालिका अध्यक्ष लोकबहादुर मोक्तानको प्रमुख आतिथ्य तथा कैलाश गाउँपालिका ५ का वडा अध्यक्ष छेकु लामाको अध्यक्षता भएकाे थियो ।