के अलिकति पिएको थिएँ लजाएर गईन प्रिया
नशामा केही बोलेको थिएँ लजाएर गईन प्रिया ।
आफ्नो मान्छे हुँ म सानू त्यो लज्जा के को लागि
उनको छेउ के सरेको थिएँ लजाएर गईन प्रिया।
बिश्वास छ माया गर शंका भए छोडिदेउन है सानू
यति शब्द मात्र भनेको थिएँ लजाएर गईन प्रिया ।
प्रेम रसको प्रहारले पक्कै आज आफ्नो बनाउँछु
यति नै कुराले ढाँटेको थिएँ लजाएर गईन प्रिया ।
उनको हात समाउँदै विवाह प्रस्ताव राख्दा राख्दै
आँखा जुधाई मस्केको थिएँ लजाएर गईन प्रिया।
लक्ष्मिपुर इलाम