मकवानपुर । मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका १७ हटियामा मोटरसाइकलले साइकललाई ठक्कर दिदा १ जना घाइते भएका छन् ।
घाइते हुनेमा हेटौंडा १७ का साइकल यात्री ५० वर्षीय धर्मराज पौडेल रहेको मकवानपुर प्रहरीले जनाएको छ ।
आइतबार ५ बजेको समयमा हेटौडा १७ सानोगंगटेस्थित धरान चतरा सडक खण्डमा हेटौडा बजारबाट हात्तिसुडेतर्फ जादै गरेको ना.६ प.७१२ नम्बरको मोटरसाइकलले सोही दिशा तर्फ जादै साईकल यात्री पौडेल लाई ठक्कर घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
पौडेलको टाउकोमा चोट लागेको तथा अबस्था गम्भिर रहेकोमा हेटौडा अस्पतालमा उपचारको लागि ल्याइएकोमा थप उपचारको लागि भरतपुर पठाइएको प्रहरीले जनाएको छ ।
प्रहरीले मोटरसाइकल र चालक नियन्त्रणमा लिएको तथा थप अनुसन्धान भइरहेको जनाएको छ।