मकवानपुर । मकवानपुर ग्याँस व्यवसायी संघको अध्यक्षमा केशव प्रसाद मुडभरी चयन भएका छन् । शनिबार हेटौंडामा भएकाे संघको एघारौं वार्षिक साधारणसभा तथा पाँचौं अधिवेशनले मुडभरीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
अधिवेशनबाट संघको उपाध्यक्षमा नवीन लामा, सचिवमा मदन कुमार न्यौपाने, कोषाध्यक्षमा कृष्ण ढुंगाना र सहसचिवमा मधुसूदन ढकाल चयन भएका छन् । त्यसैगरी कार्यसमिति सदस्यहरुमा रमेश प्रसाद कँडेल, रुपक बस्ताकोटी, कृष्ण मोक्तान, सञ्जय रौनियार, गोपाल श्रेष्ठ, सुदर्शन सुवेदी, राधाकृष्ण पराजुली, उत्तम पण्डित, अजय दंगल र जितबहादुर सारु मगरलाई चयन गरिएको छ ।
साधारणसभा संघका निवर्तमान अध्यक्ष दिलिस गोविन्द जोशीको सभाध्यक्षता तथा जिल्ला समन्वय समिति मकवानपुरका अध्यक्ष ललित घलानको प्रमुख आतिथ्यता भएको थियो ।