मकवानपुर । मकवानपुरको थाहा नगरपालिका कुन्छालमा सवारी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
असोज २० गते शनिबार बिहान ४: ३० बजे थाहा नगरपालिका वडा नम्बर ११ कुन्छाल स्थित त्रीभुवनराजपथ सडक खण्डमा कण्टेनर दुर्घटना हुदा चालक नुवाकोटका ४२ वर्षीय दिप श्रेष्ठको घटनास्थल मै मृत्यु भएको प्रहरीले जनाएको छ ।
बिरगजंतर्फ बाट काठमाण्डौतर्फ जादै गरेको ना.६ ख ३९८७ नम्बरको कन्टेनर गाडी मोडमा आफै अनियन्त्रित भई सडक बाट ५० मिटर तल खसी दुर्घटना भएकोमा चालक नुवाकोट बेलकोट नगरपालिका ५ बस्ने श्रेष्ठको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जानकारी दिएको छ ।
दुर्घटनाको सम्बन्धमा कानुनी प्रकृया पूरा गरि थप अनुसन्धान भइरहेको बताईएको छ । दुर्घटना भएको कन्टेनर घट्नास्थलमा रहेको प्रहरीले जनाएको छ ।