पाँच मिनेट पर्ख आधाघण्टा पछि आइपुग्छु है ! यो भन्नेहरूलाई त्यती बेला साह्रो परेको हुन्छ जब उ कुनै विमानस्थल पुग्नु छ । अनि जानु छ कतै अथवा कसैलाई बिदाई गर्नु छ वा कसैलाई स्वागत गर्न उपस्थित हुनु छ।
काेहि बेला आफैले भनेको कुरा आफैले भोग्नु पर्दो रहेछ। म यस्तै स्थितिमा परे आज । निकै अबेर भएर म चिन्तित थिए । समय बिहान ७ बजेको हुँदाे हो । मलाई मेरो आफन्तलाई बिदाइ दिनु थियो। हवाई जहाजको निर्धारित समय ९:४५ थियो। गाडी पार्किङ स्थलमा राखेर म कुद्दै थिए। पछिबाट मलाई कसैले बोलायो। फर्केर गुड मर्निङ भने मैले पनि।
अलिक समय छ सर !
उसले मलाई भन्यो।
म हाँसे मात्र। वास्तवमा मैले उसलाई राम्रो चिन्न नै सकिरहेको थिइनँ। कसरी भनौं उसलाई ! चिनिन भन्नु पनि कसरी?
उ एक लक्का युवक थियो।
म रोक्किए। केरेला जाँदै गरेको मेरो भतिजोलाई प्रस्थान द्वार अघि सामानसँग बस्दै गर्नु भनेको छु।
सरले मलाई राम्रो चिन्नु भएन होला !- मलाई उसले नै सुबिधा दिँदै प्रश्न गरे पछि मलाई ढुक्क भयो।
हो नि! म अलिक कन्फ्युज भए!- मैले यसो भने पछि उ मज्जाले हाँस्यो।
कुनै दिन उ मेरो कार्यलय आएको भन्दै प्रश्न गर्यो –
अहिले पनि छ तपाईको अफिस ?
मैले ‘छ’ भनिदिए । तर युवकले नाम बताएन । मैले सोधिन पनि ।
उ निक्कै खुलेर मसँग बोल्दै थियो । भन्यो – सर ! बोर्डिङ टाइम छ नि हतार नगर्नुहोस् ।
म हैन मेरो आफन्त जाने हो केरला।- मैले भने।
-ए हो सर ! मेरो पनि त साथीको हजबेन्ड जाँदै छन् । छोड्न आको म!
– लु जाउँ न त !
-हैन साथी छ उसको हजबेन्डसँग।
-हुन्छ ! अहिले भेटौं।
-हुन्छ सर म यतै छु।
म बिमानस्थलको प्रस्थान द्वारतिर हिँडे।
यो बिदाइको समय साह्रै दुखित र पीडामय हुन्छ । यस गरी म भतिजोलाई बिदाइको हात हल्लाउँदै छु । मसंग अरू धेरै हातहरू पनि बिदाइको भावमा हल्लिरहेका थिए।। जानेहरूले पनि ओझेल नहुन्जेल हात हल्लाउँदै गईरहेका छन्। यसै क्रममा आफ्नो लगेज डोर्याउदै गईरहेका व्यक्ति दगुर्दै मेरो छेउमा उभिरहेकी एक युवतीलाई आकस्मिक अंकमाल गरेर युवतीको निधारमा मायाले चुम्मन गर्यो अनि लव यु ! भनेर फेरी लगेज भए तिर गयो। यो दृस्य कुनै रोमान्टिक फिल्म हेरे जस्तै लाग्यो मलाई। यहाँ भएका अन्यलाई पनि यस्तै लागेर होला सबै ट्वाँ परिरहेका थिए।
मेरो छेउमा उभिएकी ती युवतीको आँखा भरी आँसु देखे मैले।
केही अप्ठ्यारो मानेर होला वरिपरी हेर्दै त्यो व्यक्ति ओझेल नहुन्जेल हात हल्लाई रहेको मैले देखे। कुनै अभागी दाम्पत्य जोड़ी हुनु पर्छ यो। दायित्व र परिवारको निम्ति गाँस अनि कपासको खोजमा पलायन हुनुपर्ने मुना र मदन जस्तै लाग्यो मलाई। स्थिति सामान्य हो तर मलाई नमिठो लाग्यो।
भतिजो भित्र पसिसकेको थियो । म पनि पार्किंग स्थल तिर लागे। गाडीमा म अघि बढिरहेको थिए अघि मसंग चिनेर बोल्ने केटो पल्लो पट्टीतिर एउटा स्पोर्ट्स बाइकमा देखे। मैले गाडीको गति घटाए । भनौं रोकेर बोलाउन मात्रै लागेको थिएँ एक युवती आएर त्यही बाइकको पछिल्लो सिटमा हाँस्दै बसी ।
दुवै खुसी भएको मलाई भान भयो दृष्य देख्दा। केटोलाई बोलाउन मलाई मुनासिव लागेन । यो दृष्य पनि कुनै फिल्मको लवली सिन जस्तै थियो।
मैले गाडी रोकिसेको थिए । बाइकको पछिल्लो सिटमा बस्ने ती युवती त्यही युवती थिईन जसलाई केही क्षण अघि एक व्यक्तिले माया पुर्वक चुम्बन गरेर बिदा लिएका थिए।
पाठकहरू….!!
मैले पनि त्यही सोच्दै अघि बढे जो हजुरले अहिले सोची रहनु भएको छ……!!
संयोगवस मलाई चिन्ने त्यो केटो मैले भेट्नु !
साथीको हजबेन्ड कतै जाँदै गरेको खुलासा हुनु।
त्यो बिछोडको रोमान्टिक चुम्बन ! युवतीको आँखामा आँसु।
त्यस पछी बाइकमा हाँसेर चढ्नु अनि रफ्तारमा बाइक अघि बढ्नु….!!
••••••••
तर मलाई पुर्ण विश्वाश छ यी दुई एक असल साथीदेखि माथि अरू केही होइनन् ।
दार्जिलिङ