मकवानपुर । हेटौँडा उपमहानगरपालिकाको बालज्योति माविमा स्वस्थकर खाना प्रदर्शनी भएको छ । हेटौंडा ५ पिप्लेस्थित बालज्योतिमा शुक्रबार स्वस्थकर खाना प्रदर्शनी गरिएको हो ।
स्वस्थ्यकर खानाको प्रदर्शन गरी विद्यालयका सबै विद्यार्थीलाई स्वस्थ खानाको आवश्यकता, महत्व र फाईदाको जानकारी गराइएको विद्यालयकी नर्स प्रतिमा सेढाइले बताइन् ।
नर्स सेढाईका अनुसार स्वस्थकर खाना प्रदर्शनी कार्यक्रममा प्रयोग भएको फ्लेक्स, चार्टपेपरहरु विद्यार्थीले आफैँ बनाएका थिए ।
विद्यालयले स्वस्थ खानपिन, पोषिलो खानेकुरा र असल व्यवहारलाई लक्ष्य बनाएर कार्यक्रम सञ्चालन गरेको हो । नर्स सेढाईका अनुसार चिनी, चिल्लो, नुन, तेल सीमित रुपमा खानुपर्ने बताउनुभएको छ । एउटा स्वस्थ आमा बन्नका लागि किशोर उमेरदेखि नै स्वस्थ खानपिन गर्न आवश्यक पर्ने सेढाईले बताईन ।
कक्षा ६ देखि माथिका विद्यार्थीले बनाएको पोषण पिरामिडमा आवश्यकता अनुसार अन्न र कन्दमुल, गेडागुडी दाल, फलफुल र सागपात, पशुपंक्षीजन्य र माछामासु राखिएको थियो ।
स्वस्थकर खाना प्रदर्शनीको वडाध्यक्ष सुशील घिमिरेसहित वडा सदस्यहरु, शिक्षक, अभिभावक, विद्यार्थी र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीले अवलोकन गरेका थिए ।