मकवानपुर । नेकपा एकीकृत समाजवादी पार्टी अध्यक्ष माधव कुमार नेपाल शुक्रबार हेटौंडा आउने भएका छन् । पार्टीकाे मेची–महाकाली समाजवादी जागरण अभियान २०८० अन्तरगत शुक्रबार हेटौंडामा हुने कार्यक्रमलाई सम्बोधन गर्न अध्यक्ष नेपाल आउन लागेका हुन् ।
नेकपा एस मकवानपुर जिल्ला कमिटीले विहीबार हेटौडामा पत्रकार भेटघाट गर्दै उक्त कुरा जानकारी गराएको हो । जिल्ला अध्यक्ष विष्णुपप्रसाद दाहालले असोज १४ गतेबाट सुरु १५ दिने मेची–महाकाली अभियानको टोली भोलि हेटौंडामा आइपुग्ने बताए । हेटौडामा हुने अभियानकाे कार्यक्रमलाई पार्टी अध्यक्ष नेपालले सम्बोधन गर्ने उनले जानकारी दिए ।
कार्यक्रमलाई अध्यक्ष नेपालसँगै पार्टीका नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल लगायतका शीर्ष नेताहरुले सम्बोधन गर्ने अध्यक्ष दाहालले बताए । दाहालका अनुसार, शुक्रबार बिहान साढे १० बजे हेटौंडाको सिमाचोकमा जनसभाको आयोजना गरिएको छ । पत्रकार भेटघाटमा पार्टी सचिव एवम् बागमती प्रदेश इन्चार्ज गंगा तुलाधर सह इन्चार्ज ललित बहादुर बस्नेत बागमती अध्यक्ष सावित्री भुषाल स्थायी कमिटि सदस्य विराेध खतिवडा बागमती प्रदेश सरकार उद्याेग मन्त्री लक्ष्मण लम्साललगायतकाे उपस्थिति रहेकाे थियाे ।