मकवानपुर । बागमती प्रदेश सभाकाे बुधबार बसेकाे बैठकले एक विधेयक समितिमा दफाबार छलफलको लागि पठाउन स्वीकृती प्रदान गरेको छ । बुधबारको बैठकले प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई उद्योग, पर्यटन तथा वातावरण समितिमा दफाबार छलफलको लागि पठाउन स्वीकृती प्रदान गरेको हो ।
असोज १४ गते सदनमा पेश भएको उक्त विधेयक संस्कृति, पर्यटन तथा सहकारीमन्त्री पुकार महर्जनले वातावरण समिति पठाइयोस् भनि प्रस्ताव पेश गरेका थिए । सदनमा मन्त्री महर्जनले पेश गरेको सो विधेयकलाई दफाबार छलफलका लागि समितिमा पठाउने प्रस्तावलाई सभामुख पाठकले निर्णयार्थ पेश गरेका थिए । सभामुखले निर्णयार्थ पेश गरेको उक्त प्रस्ताव सर्वसम्मत रुपमा स्वीकृत भएकाे थिाये । अब उद्योग पर्यटन तथा वातावरण समितिमा छलफल भई संशोधन भए साेसहित पारित गरी प्रतिवेदन सहित पुनः सदनमा पेश गरिने व्यवस्था छ ।
यसैबीच बागमती प्रदेशसभा बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ । बुधबार बसेको प्रदेशसभामा सभामुख भुवनकुमार पाठकले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरेका हुन् । यस अघी अवरुद्ध हुदै आएकाे प्रदेशसभा बैठक बुधबार सञ्चालन भएकाे हाे ।
प्रदेशसभाको बैठकमा विवादित विधेयक पेश गर्ने तयारी भएपछि सोमबारदेखि प्रमुख प्रतिपक्षकाे अवराेधले सदन चल्न सकेको थिएन । प्रदेश प्रमुख कार्यालयबाट पुनर्विचारका लागि फिर्ता भएको चिठ्ठा विधेयक सदनमा पेश गर्ने तयारी सोमबारकाे बैठकमा भएकाे थियाे । तर प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुले विरोध जनाउँदै बैठक सञ्चालनमा अवरोध गरेका थिए ।
एमालेको अवरोधका कारण सोमबार र मंगलबार बैठक संचालन हुन सकेन भने बुधबार प्रदेशसभा सचिवालयले चिठ्ठा विधेयक कार्यसूचीबाट हटाएसँगै बैठक संचालन भएको थियो । छाेटाे समय संचालन भएकाे प्रदेश सभाकाे बुधबारकाे बैठकपमा सभामुले अर्को सूचना नभएसम्मका लागि प्रदेश सभाकाे बैठक स्थगित गरिएको छन् ।