मकवानपुर । नेकपा एमाले कोशी प्रदेश अध्यक्षमा घनश्याम खतिवडा विजयी भएका छन् ।
खतिवडा प्रतिस्पर्धी विनोद ढकाललाई ७३ मतले हराउँदै अध्यक्षमा विजयी भएका हुन् । खतिवडाले ५ सय १२ मतसहित विजयी हुँदा ढकालले ४ सय ३० मत प्राप्त गरेका छन् ।
प्रदेश कमिटीको उपाध्यक्षमा यसअघि उपाध्यक्ष रहेका धनकुटाका टीकाराम चेम्जोङ निर्विरोध भएका छन् ।
यस्तै, सचिवमा पाँचथरका राजकुमार भण्डारी ५ सय २४ मत ल्याएर विजयी भण्डारी विजयी हुँदा अर्का उम्मेदवार उदयपुरका शैलेश लामाले ३ सय ८१ मत प्राप्त गरे ।
यस्तैगरी, उपसचिव २ पदमा झापाकी जलवर्षा राजवंशी ६ सय २८ मत र खोटाङका देवान राई ६ सय १० मत ल्याएर निर्वाचित भएका छन् ।
एमाले कोशी अधिवेशनमा कूल ९ सय ९७ प्रतिनिधि रहेकोमा ९ सय ७७ मत खसेको थियो ।