मकवानपुर । हेटौंडा जेसीजकाे वतृत्वकला प्रतियोगितामा नवलपुर जिल्लाकी यमकला पौडेल प्रथम भएकी छिन् । हेटौंडा जेसीजकाे आयोजना भएकाे राष्ट्रियस्तरको वकृत्वकलामा पौडेल प्रथम हुँदै पुरस्कार स्वरुप नगद २५ हजार प्राप्त गरिन् ।
‘कहाँ छ खुसी’ शीर्षकमा देशैभरबाट छनौट भएका १० जना विद्यार्थीहरुबीच आज फाइनल प्रतियोजिता भएको हो । फाइनल प्रतियाेगितामा पौडेल प्रथम भइन् भने पोखराकी सुस्मा आचार्य द्वितीय र नवलपुरकै पुजा पराजुलीले तृतीय स्थान प्राप्त गरेकी थिइन् । द्वितीय र तृतीय हुने आचार्य र पराजुलीले क्रमशः नगद १५ हजार र १० हजार प्राप्त गरे ।
कार्यक्रमका प्रमुख अतिथि एवम् नेपाल सरकारका उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले विजयी तथा सहभागीहरुलाई नगद सहित प्रमाणपत्र प्रदान गरेका थिए । हेटौंडा जेसीजले सन् २०२० बाट वर्षेनी वतृत्वकला (पब्लिक स्पिकिङ) प्रतियोगिता आयोजना गर्दै आएको हेटौंडा जेसीज वर्ष २०२३ का अध्यक्ष श्रवणकुमार बर्तौलाले जानकारी दिए ।
कार्यक्रममा प्रतियोगिताका निर्णायक घनश्याम घिमिरे, निमेष निखिल, निरा शर्मा र दिपकराज मिश्रलाई सम्मान गरिएको थियो ।वतृत्वकला (पब्लिक स्पिकिङ) प्रतियोगितामा सन् २०२० मा प्रिन्सि काफ्ले, २०२१ मा रिमा काफ्ले र सन् २०२२ मा गरिमा घिमिरे प्रथम भएका थिए ।