यो मन जल्यो, मुटु जल्यो तिम्रो शहरमा ।
आकाश फाट्यो ,धर्ती गल्यो तिम्रो शहरमा।
तिमीलाई बिर्सनकै लागि लेख्न छोडेकी हुँ ,
आज फेरि महफिल चल्यो तिम्रो शहरमा।
भत्किन्छ भन्ने डरले झुपडी भत्काएर आएँ
तिम्रो सामु बिश्वास ढल्यो तिम्रो शहरमा ।
जून जस्तै भयौ तिमी, तारा जस्तै भयौ,
आकाश हेर्दै यो रात टल्यो तिम्रो शहरमा ।
बस्तीहरु अधेरिए , चुल्हाहरु चिसा भए,
ढुङ्गामा पनि आगो बल्यो तिम्रो शहरमा ।
भरतपुर, चितवन