मकवानपुर । साहित्य सङ्गमद्वारा मकवानपुरका ९ जना स्रष्टा सम्मान गरिएको छ । २०७९ सालमा साहित्य तथा अन्य विधामा पुस्तक प्रकाशन गरेका मकवानपुरे ९ जना स्रष्टालाई सङ्गमले सम्मान गरेको हो ।
शनिबार सङ्गमको ३ सय ३५ औँ साहित्य सन्ध्यामा उनीहरु सम्मानित भएका हुन । सङ्गमले ‘छेलिएका अनुहार’ पुस्तकका लेखक प्रताप विष्ट, ‘शिक्षकको भाषा’ का छवि अनित्य, ‘छैनौ कसोरी तिमी’ का पुरूषोत्तम आचार्य, ‘मानचित्रमा देश’ र ‘अक्षर आराधन’ का मसान उपासक, ‘खुसी’ लघुकथा सङ्ग्रहका किशन पौडेल, कविता सङ्ग्रह ‘तिल गङ्गा गोविन्द’ का सुभाषचन्द्र पौडेल, ‘कोरिएका धर्साहरू’ कविता सङ्ग्रहका ऋत्विक के. बी., ‘अभियुक्त समय’ कविता सङ्ग्रहका समर्पण न्यौपाने, ‘कठघरामा देश’ का सर्जक बिर्खे अन्जानलाई सम्मानित गरेको हो ।
साहित्य सङ्गम मकवानपुरको नियमित साहित्य सन्ध्यामा सम्मानित स्रष्टाहरू के.बी, न्यौपाने,अनित्य,पौडेल,अन्जान,पौडेल भीमफेदीया तथा कार्यक्रमका समीक्षक हरिकृष्ण काफ्ले तथा शान्तिप्रिय वन्दनाले रचना वाचन गरेका थिए।
यसैगरी कविहरू दिनेश शर्मा,सुवास खनाल,जनार्दन खनाल,मनोज पोखरेल,कुवेर पराजुली,कृष्टिना कार्की,सरजु भण्डारी,दीपिका लम्साल,बिजनेस सन्जेल,प्रकृति अर्याल,अनसूया खनाल,रिजन राना,सुवास सजल,रोशनी चौलागाई,बैकुण्ठ लामिछाने,ठाकुराम भण्डारी,कमल नेपाल,विष्णु न्यौपाने,पुण्यशिला श्रेष्ठ, ऋषि के.बी,सानुभाइ विश्वकर्मा,लक्ष्मी कँडेल,ऋषिराम पाण्डे,ओमभक्त भण्डारी,स्वस्तिका बानियाँ,रजनी पौडेल, सम्प्रस पौडेल र सन्जित श्रेष्ठलगायतका स्रष्टहरुले रचना वाचन गरेका थिए।
साहित्यकार नवराज शर्मा तिमिल्सिनाको प्रमुख आतिथ्य तथा सङ्गम अध्यक्ष डीबी बर्तौलाको सभापतित्वमा सम्मान तथा सन्ध्या भएकाे हाे ।