सरकारले व्यवस्थालाई दिन्छ
व्यवस्थाले जनतालाई दिन्छ
यो सूचना हो!
हुनेलाई फलिफाप छ
नहुनेलाई लथालिङ्ग पारेको छ।
हरेक सूचना यहाँ बिरूद्ध लिएर आउँछ
जुलुस र जनसभा लिएर आउँछ
अफसोस!
एकमुष्ठ आवाज दिएर पठाएको जनक्रान्तिको गीत
यहाँ
सुर न ताल मिलेको डिस्को डान्सर भएर फर्किन्छ।
यो सूचनाले मंजहरू बोकेर ल्याउँछ
उट्पट्याङ कुरा लिएर आउँछ
हे प्रभु!
हिजोको बिरालो त्यही मंजबाट बाघ जस्तै कराउँछ
पुग्ने गरि गाली र झपाई खाएर लस्करहरु घर फर्किन्छ।
सूचना व्यवसाय भएको छ यसघरी
ठामठिम मिले पछि निस्किन्छ यो।
बुझ्दैन सूचना थाप्ने कमजोर दिमागहरू।
सूचना पठाएर सूचना कै पर्खाइमा बसेको सरकार
बहुत काफर छ!
खास सूचना पठाउन उ डराउँछ।
सबै सूचनाहरू राम्रा र असल कहाँ हुन्छ्न् त१
जन्म मृत्यु
हानी फायदा
मिलन बिछोड
तमाम् छन् नि!
तर १ हामीसम्म आईपुग्ने हाम्रो सूचना
एउटै पनि राम्रा र असल नआएकाले सूचना सरकारलाई किन कहिले पुगेन?
यो सूचना कसले कसलाई दिने त अब।
दार्जिलिङ