मकवानपुर । जापान सरकारले बागमती प्रदेश सरकारसँग सहकार्य गर्ने भएका छन् । प्रदेशकाे भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल र मित्र राष्ट्र जापानको विदेश मन्त्रालयका डेपुटी मन्त्री सिमेजु फुमिजोबीच जापानको विदेश मन्त्रालयमा भेटघाटका क्रममा सहकार्य गर्नेबारे छलफल भएकाे हाे ।
मन्त्री दुलालका स्वकिय दीपक न्यौपानेका अनुसार शुक्रबार भएको भेटघाटमा बागमती प्रदेश तथा अन्तरगतका स्थानीय तहहरुमा पूर्वाधार र कृषि क्षेत्रमा जापानाले सहयाेगकाे सहकार्य गर्ने बिषयमा छलफल भएको हो । जापानका बिदेश मन्त्री फुमिजोले नेपालमा प्रदेश र स्थानीय तहसँग मध्ययम र साना आयोजनामा काम गर्न सकारात्मक रहेको बताएका थिए ।फुजिमाेकाे भनाई उदृत गर्दै न्याैपानेले भने ‘नेपालमा जापानी प्रविधिमा कृषिक्षेत्रमा परिबर्तन ल्याउन जापान सरकार तयार रहेको छ ।’
मन्त्री दुलालसंगै नेपालको तर्फबाट बागमती प्रदेश युवा तथा खेलकुद पूर्वमन्त्री रत्न ढकाल ,जापानका लागि नेपाली राजदुत दुर्गा बहादुर सुवेदी, महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा, चौंरीदेउराली गाउँपालिका अध्यक्ष रेणुका चौंलागाई, राजदुताबासका प्रथम सचिव जीतबहादुर कार्की लगायतकाे उपस्थितिमा भेटघाट भएकाे थियाे ।