मकवानपुर । मकवानपुर जिल्ला खेलकुद विकास समितिले खेलाडीको बीमा गरेको छ । समितिले १० जना खेलाडीको ५ लाख रुपैयाँको सामुहिक दुर्घटना बीमा गरेको हो ।
खेलकुद विकास समिति अन्तर्गतको विभिन्न खेलसँग आबद्ध खेलाडीको बीमा गरिएको हो । खेलकुदको दौरानमा हुनसक्ने दुर्घटनालाई ध्यानमा राख्दै खेलाडीहरुको बीमा गरिएको मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष वेष खड्गीले जानकारी दिए ।
मकवानपुरमा खेलकुदको गतिविधि बढ्दै गएको तर खेलकुदमा सहभागी हुदा दुर्घटनामा परेका खेलाडीको उपचार लगायतका सुरक्षामा कसैले ध्यान नदिएको उनले बताए । धेरै खेलाडीहरु घाइते भएपश्चात उपचार खर्च गर्न नसकेर त्यसै बस्नुपर्ने अवस्थामा रहेको अबस्थामा बीमा गरिएको उनले जानकारी दिए ।
यस्तै समितिले काजकिस्तानको अस्तान शहरमा हुने एशियन जुनियर तथा युथ बक्सिङ प्रतियोगितामा ५० केजी तौल समूहमा छनौट भएकी मकवानपुरकी १ खेलाडीलाई नगद ८ हजार रुपैयाँसहित सम्मान गरेको छ ।
हेटौंडा १४ निवासी रोश्नी घलानलाई नगद ८ हजार रुपैयाँले सम्मान गर्दै प्रतियोगितामा जीतको शुभकामना समेत दिइएको हो ।