मकवानपुर ।देशको विभिन्न जिल्लामा चिकित्सकहरूमाथी भइरहेको आक्रमणको विरुद्ध आज मकवानपुरको मदन भण्डारी स्वास्थ बिज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा बिरोध जनाईएको छ ।
नेपाल चिकित्सक संघ मकवानपुर अध्यक्ष डा. हरि खड्काको नेतृत्वमा करिव ४० जनाले चिकित्सकहरूले हेटौंडा १ स्थित हेटौंडा अस्पतालको प्राङ्गणमा उभिएर सांकेतिक रूपमा शान्तिपुर्ण बिरोध प्रदर्शन गरेका हुन् ।
गत भदैको अन्तिम साता हेटौंडाको सन्चो हस्पिटलका २ जना चिकित्सकहरू पिटिएपछी अहिले लगातार बिभिन्न जिल्लामा स्वास्थकर्मीहरू दुर्व्यवहार खेपिरहेकोले सरकारले तत्काल स्वास्थकर्मीको ज्यान सुरक्षाको वातावरण सुनिश्चित गर्नुपर्ने डा खड्काले बताए ।