मकवानपुर । मकवानपुरमा एक युवाले आफ्ना बुबा, आमा र भाइलाई पिटेर घाइते बनाएका छन् । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ बुलनटोलका बद्रिनाथ मैनालीले घरायसी विवादको कारण बुबा, आमा र भाइलाई कुटपिट गरेकाे प्रहरीले जनाएकाे छ ।
बुधबार घरायसी विवाद हुँदा ५० वर्षीय बद्रिनाथले चिरपटले हानेर बुबा आमा र भाइलाई घाइते बनाएकाेमा प्रहरी उनलाई पक्राउ गरेकाे हाे । बद्रिनाथले चिरपटले हान्दा उनका बुबा ७३ वर्षीय रामजी मैनाली, आमा ६५ वर्षीया माया मैनाली र भाइ ४० वर्षीय भाइ केदार मैनाली घाइते भएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
घाइते तीनै जनालाई उपचारका लागि हेटौंडा अस्पताल ल्याइएकाेमा आमा मायाको अवस्था गम्भीर रहेकोले थप उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर लगिएको प्रहरीले जनाएकाे छ । प्रहरीले बद्रिनाथलाई पक्राउ गरी अनुसन्धान तथा आवश्यक कारवाहीकाे प्रक्रिया सुरु गरेकाे बताइएकाे छ ।