पार्टी कार्यालय च्यासलमा भोली मतदान हुने
मकवानपुर । नेकपा एमाले बाग्मती प्रदेशको प्रथम अधिवेशनको अबधी लम्बिएकोपछि भोली विहीबार मतदान हुँदैछ । असोज ८, ९ र १० गतेका लागि तय भएको अधिवेशन अरू १ दिन लम्बिएको हो ।
प्रदेश कमिटी चयनका लागि एमाले नेताहरूले सहमतिको प्रयास गरेका थिए। तर, सहमति जुट्न सकेन। जसले गर्दा अभिवेशन पनि एक दिन लम्बिएको छ भने मतदान हुने भएको छ।
प्रदेश अध्यक्षका लागि कैलाश ढुंगेल, कृष्णप्रसाद दाहाल, केशरबहादुर बुढाथोकी, सानुकुमार श्रेष्ठ र केशवराज पाण्डेले उम्मेदवारी दर्ता गराएका छन्। त्यस्तै उपाध्यक्षमा पनि पाँच जनाको उम्मेदवारी परेको छ। उपाध्यक्षमा सुवासचन्द्र ठकुरी, नारायणप्रसाद खतिवडा, दावा दोर्जे लामा, ईश्वरचन्द्र पोखरेल र राजेन्द्र राजथला उम्मेदवार बनेका छन्। यसैगरी सचिवमा रत्न गुरुङ, नवराज सिलवाल, हस्तबहादुर पण्डित र रामकुमार अधिकारीले उम्मेदवारी दिएका छन्।
उपसचिवमा १२ जनाको उम्मेदवारी परेको छ। खड्कबहादुर खत्री, गंगादेवी श्रेष्ठ, डबल पाण्डे, टासी लामा, भक्तकुमारी लामा, ओमराज पन्त, ठाकुरप्रसाद गजुरेल, कृष्णहरि थापा, रमेश महर्जन, प्रेमबहादुर महर्जन, राजेन्द्र श्रेष्ठ र रीता गौतम ढकालले उपसचिवमा उम्मेदवारी दिएका छन्।
ओलीको संकेत अनुसार प्रदेश इन्चार्ज बरालले नेताहरुसँग छलफल अझै जारी राखेका छन् । ‘सर्वसम्मतिबाट नेतृत्व चयन गर्ने भनेपछि आकांक्षीहरु मध्ये जसले जसलाई पनि छोड्न अवस्था बन्नुपर्नेमा कैलाश ढुंगेलको नाममा सर्वसम्मति गरौं भनेर छलफल राखिएकोले निष्कर्षमा पुग्न नसकिएको दाहाल निकट स्रोतको दाबि छ ।
नेकपा एमाले बागमती प्रदेश कमिटीको नेतृत्व सहमतिमै चयन गर्ने प्रयास सफल हुन सकेन । निर्वाचन मार्फत पदाधिकारी चयन गर्नु पर्ने भएकोले अधिवेशन लम्बिएको हो । असोज ८ गते उद्घाटन गरिएको अधिवेशनको आज बुधबार निर्वाचन कार्य तालिका सार्वजनि गरिएको थियो भने मंगलबार बन्द सत्र सकिएको थियो । बन्द सत्रले बागमती प्रदेश इन्चार्ज समेत रहेका गुरु बरालको नेतृत्वमा ११ सदस्यीय निर्वाचन मण्डल गठन भएको छ ।
नेतृत्व चयनपछि अधिवेशन समापन हुने भएकाले अधिवेशन अवधि लम्बिएको हो । केन्द्रीय नेताहरूले समेत चासोका साथ हेरेको अधिवेशनमा नेतृत्वका लागि आकांक्षिहरूको लर्को लाग्दा अधिवेशन थप रोचक बनेको ती प्रतिनिधिले बताए ।
एमाले बागमती प्रदेश कमिटी अध्यक्ष पदमा नेतृत्वले सहमतिको प्रयास गरे पनि सफल हुन सकेको छैन । प्रदेश अध्यक्ष पदका लागि नेताहरू कैलाश ढुंगेल, कृष्णप्रसाद दाहाल, कृष्णभक्त पोखरेल, केशव पाण्डे र सानु श्रेष्ठले आकाक्षा देखाएका थिए । अध्यक्षमा पाँच आकांक्षि देखिए पनि अन्तिममा केन्द्रीय सदस्यहरू रामेछापका कैलाश ढुंगेल र मकवानपुरका कृष्ण दाहालबिच प्रतिस्पर्धा हुने देखिएको अधिबेशन प्रतिनिधि बागमतीका नेता बताउँछन् । आकांक्षिहरूले एकले अर्कालाई छोड्न तयार नभएकाले निर्वाचनमार्फत नै नेतृत्व चयन गर्नु पर्ने अबस्था आएको हो ।
सोमबार भृकुटीमण्डपमा अविधेशनको उद्घाटन गर्दै अध्यक्ष केपी ओलीले प्यानल बनाएर प्रतिस्पर्धामा गए उम्मेदवारी नै खारेज गर्ने चेतावनी दिएर सर्वसम्मत रुपमा नेतृत्व चयनका लागि दबाब सहितको आग्रह गरेका थिए । लुम्बिनी प्रदेशमा आफ्नो इच्छा विपरीत नेतृत्व चयन भएपछि बागमतिमा पनि प्रतिस्पर्धा हुने बुझेका ओलीले ‘प्रतिष्पर्धा गरौं, तर प्यानल बनाइएको थाहा भयो भने प्यानल नै खारेज हुनेछ भन्ने अभिव्यक्ति दिएका हुन । प्रदेश अधिवेशनको उद्घाटन सभा गृहमा भएकोमा बन्दसत्र प्रज्ञा प्रतिष्ठानमा भएको थियो । मतदान कार्यक्रम भोली पार्टी कार्यालय च्यासलमा हुने बताइएको छ ।
‘नेतृत्वमा सकेसम्म सर्वसम्मत गर्ने प्रयास गरियो, अन्ततः सफल नभएपछि उमेदवारी दर्ता गरिएको छ, अब लोकतान्त्रिक प्रक्रिया अगाडि बढ्छ’, अध्यक्ष मण्डलका सदस्य अरुण नेपालले भने । सर्वसम्मत नेतृत्व चयन गर्न अध्यक्ष मण्डलका अध्यक्ष रहेका गुरु बराल आफैं लागिपरेका थिए । उनले बुधबार बिहानैबाट अध्यक्षका आकांक्षीहरुसँग छलफल गरेका थिए । उक्त छलफलमा प्रदेश अध्यक्षका आकांक्षीहरु कृष्णप्रसाद दाहाल, कैलाश ढुंगेल, केशवराज पाण्डे, सानु श्रेष्ठ र केशर बुढाथोकी सहभागी थिए । तर छलफलमा कसैले पनि अडान छाडेनन् ।
आकांक्षी नेताहरु अडानमै रहेपछि मतदानको प्रक्रिया अगाडि बढाइएको हो । तर मतदानकै प्रक्रियामा पनि सर्वसम्मत नेतृत्व चयनको प्रयास हुने नेताहरुले बताएका छन् । सर्वसम्मत गर्नकै लागि मतदानको समय विहीबार विहान ११ बजे तोकिएको छ । ‘मतदानको प्रक्रिया अगाडि बढिरहन्छ, तर सर्वसम्मत नेतृत्व चयन गर्न अनौपचारिक संवाद पनि सँगसँगै अगाडि बढाउँछौं’, अध्यक्ष मण्डलमा रहेका एक नेताले भने । उनका अनुसार, अध्यक्षका आकांक्षीहरुबीच एकपटक छलफल भएपनि अनौपचारिक संवाद निरन्तर भइरहेको छ । पाँच पदाधिकारीसहित २४० सदस्यीय प्रदेश कमिटी चयन हुने यो अधिवेशनमा एक हजार १७४ प्रतिनिधि सहभागी छन् ।
यसअघि भुलबस् समाचारमा केही नामावली छुट्न गएकाेमा सम्पादन गरिएकाे छ – सम्पादक।