मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका स्थित बकैया खोला आसपासमा झुलेको काँस । विशेष गरी बालुवा र बालुवा मिश्रित माटोमा उम्रने काँस फूल्दा यतिबेला खोलाको बगर लोभलाग्दो भएका छन् ।
खोलाको कलकल ध्वानी, सिरसिर बतासमा लहलहराइरहेको काँस अहिले फोटोका पारखीहरुको लागि आकर्षक बनेको छ ।हरेक वर्ष काँस फुल्ने र फूल छिच्पिदै गएपछि हावाले उडाएर ठिङ्गाे बाेट सुख्खा बन्ने गरेको छ, सुकेको काँसलाई छाना छाउनेलगायतको काममा प्रयोग गर्ने गरिएको भएपनि यसको फूलको उपयोगीताबारे चासो राखेको देखिन्दैन ।
डिभिजन वन कार्यालय मनहरी राप्ति मकवानपुरको प्रमुख विष्णुप्रसाद आचार्य यसको प्रयोगबारे खोज आवश्यक भएको बताउँछन् । ”यसको फूलबाट सिरानी, डसना आदि बनाउन सकिन्छ, यतातर्फ हामीले कहिले सोचेका छैनौ, यो पनि गैरकष्ठको एउटा राम्रो आम्दानी हुन सक्थ्यो” डिएफओ आचार्यले भने “काँसको क्षेत्रमा काम गर्ने हामीसंग कुनै संघसंस्था वा कोहि सरकारी निकाय छन् की खोज आवश्यक छ ।
नदि उकास जमिन, नदि किनारमा माटोलाई स्थापित गर्नमा काँसको विशेष भूमिका रहने उनले बताए । काँसलाई बातावरणीय सेवाको बारेमा पनि छलफल चलाउ पर्ने उनी बताउँछन् ।




