मकवानपुर । हेटौडामा रहेकाे किताबघरले पुस्तक प्रदर्शनी यात्रा २०८० सुरु गरेकाे छ । हेटौडा ५ भैरबराेडमा रहेकाे किताबघरले मंगलबारबाट पुस्तक प्रदर्शनी यात्रा सुरु गरेकाे हाे ।
मंगलबार हेटौंडा–८, कमानेस्थित कमाने एकेडेमीबाट ‘किताबघर पुस्तक प्रदर्शनी यात्रा २०८०’ सुरु गरिएको किताबघरका सञ्चालक छवि अनित्यले जानकारी दिए ।
सञ्चालक छविका अनुसार असोज महिनाभर चल्ने प्रदर्शनीमा हेटौंडा उपमहानगरपालिकामा सञ्चालित सामुदायीक र संस्थागत गरी ८ वटा विद्यालय समेटिने छन् । बालबालिकामा पठन संस्कृतिको विकासकाे लागि किताबघरले स्कुलस्कुलमै पुगेर प्रदर्शनी गर्ने योजना बनाएको संचालक छवि बताउँछन् ।
‘नेपाली तथा अङ्ग्रेजी भाषासाहित्य, इतिहास, विज्ञान, खेलकुद लगायतका ४ सय बढी शीर्षकका बालपुस्तक प्रदर्शनीमा उपलब्ध हुनेछ’ उनले भने ‘प्रदर्शनीमा विद्यार्थीहरूले आफूलाई मनपरेका किताब खरिद गर्न सक्नेछन् ।’ मंगलबार कमाने एकेडेमीबाट सुरु भएको प्रदर्शनी यात्रा बुधबार कमानेकै माउन्ट एभरेष्ट बोर्डिङ र शुक्रबार हेटौडा १८ हर्नामाडीस्थित मकवानपुर बाल विद्या सदनमा हुनेछ ।
यस्तै, असोज १६ गते जनप्रिय मावि हेटौडा १६, हटिया, १९ गते रेड रोज इङलिस स्कुल, २३ गते प्रगति मावि हेटौडा ९ लामसुरे, २६ गते बालजागृति इङलिस स्कुल हेटौडा २ र ३० गते ज्ञानदीप शिक्षा (जीएस) निकेतन हेटौडा ५ मा पुस्तक प्रदर्शनी गरिने उनले बताए ।
