मकवानपुर । मकवानपुर प्रहरीले ८ सय ५५ बाेलत मदिरा सहित २ वटा भारतीय कार नियन्त्रणमा लिएकाे छ । DL2CAK1390 र DL2CAK7273 नम्बरकाे भारतीयकारबाट उक्त परिमाणकाे बिभिन्न ब्राण्डकाे मदिरा सहित कार र ५ जना भारतीय नागरिकलाई नियन्त्रणमा लिइएकाे मकवानपुर प्रहरीले जनाएकाे छ ।
आइतबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार भेटघाट गर्दै नियन्त्रणमा लिइएकाे कार तथा मानिसलाई सार्वजनिक गरिएकाे थियाे । मदिरा सहित DL2CAK1390 नं.को कारको चालक भारत कलोनी रघुबिर नगर सुवाष नगर पश्चिमी दिल्ली का २७ वर्षीय बक्की उक्त कामा सवार भारत D-829/12/5 गज रघुबिर नगर टैगोर गर्डन बेष्ट पश्चिमी दिल्ली का २५ वर्षीय राहुल लाई नियन्त्रणमा लिइएकाे हाे ।
यसैगरी DL2CAK7273 नं.को भारतिय कारको चालक : देश भारत याद राम बी ७२१ जे.जे.कलोनी बक्करवाला पश्चिमी दिल्ली का २८ वर्षीय कुनाल उक्त कारमा सवार भारत HMP – 12/5 wards 283 रघुबिर नगर टैगोर गार्डन पश्चिमी दिल्ली बस्ने ३१ वर्षीय नहिम र भारत हांट मिक्स एचएमपी 12.5 गज रघुबिर नगर टैगेर गार्डन पश्चिमी दिल्लीका ३७ वर्षीय राजुलाई प्रहरीले नियन्त्रणमा लिइएकाे हाे ।
असोज ५ र ६ गते प्रहरी चौकी रातोमाटे, मकवानपुरबाट खटिएको प्रहरी टोलीले १५ रातोमाटे चेकपोष्टमा चितवनबाट आंउदै गरेको DL2CAK1390 नं. र DL2CAK7273 नं. को भारतीय कारलाई शंका लागि जांच गर्दा भन्सार छली ल्याईएका राेयल ग्रीन व्हिस्की ३ सय ७५ एमएलको ७ सय १५ बोतल र १ सय ८० एमएलको १ सय ४० बोतल गरी मदिरा फेला पारी बरामद गरेकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएकाे हाे ।
नियन्त्रणमा लिइएका सवारी साधन र भारतीय नागरिकलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारा पठाइने मकवानपुर प्रहरीले जनाएकाे छ ।