मकवानपुर । मकवानपुरकाे बकैया गाउँपालिकामा राष्ट्रिय बुदोकैदो फुल कन्ट्याक्ट प्रतियोगिता हुने भएकाे छ । नेपाल बुदोकैदो फुलकन्ट्याक्ट संघको आयोजनामा १७ औँ राष्ट्रिय बुदोकैदो फुल कन्ट्याक्ट प्रतियोगिता हुने भएकाे हाे ।
आगामी शुक्रबारदेखि मकवानपुरको बकैया गाउँपालिका ३ स्थित हात्तिसुडेमा बुदोकैदो फुल कन्ट्याक्ट तौलसमूह प्रतियोगिता हुने भएको छ ।
प्रतिप्रतियोगितामा सातवटै प्रदेशका करिब ३६० खेलाडीको सहभागिता रहने आयोजक संघ शाखा अध्यक्ष गणेश लामाले जानकारी दिएका छन् । पुरुषमा १० र महिलामा २ गरी १२ स्पर्धामा प्रतिस्पर्धा हुने छ । प्रतियोगिता सञ्चालन गर्न करिब १५ लाख ६५ हजार रुपैयाँ खर्च हुने आयोजनकको अनुमान छ ।