मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा शुक्रबारबाट डिलक्स शैलुन तथा पार्लर सञ्चालनमा आउने भएकाे छ ।
हेटौडा –४ अजरअमररोड स्थित नबिल बैक भएकाे घरमा सुबिधा सम्पन्न डिलक्स युनिसेक्स शैलुन तथा पार्लरले सेवा दिने भएकाे हाे । उक्त पार्लर शुक्रबारबाट सञ्चालनमा आउने विहीबार पत्रकार भेटघाट गर्दै जानकारी दिइएकाे हाे ।
डिलक्स शैलुन तथा पार्लरका सञ्चालकद्वय हरि चौलागाईं र सुभद्रा हुमागाईंले पत्रकार भेटघाटमा पार्लर सञ्चालनकाे जानकारी दिनुहुदै एकै स्थानमा कपाल, दारी काट्ने, कपाल कलर गर्ने, ब्युटी पार्लललगायतका सेवा उपलब्ध हुने बताएका छन् । पार्लरमा प्रयोग गरिने कैँची लगायतको सामग्रीलाई इलेक्ट्रोनिक मेसिनमा राखेर निर्मुलिकरण गरेर मात्रै अर्को व्यक्तिलाई प्रयोग गरिन्छ ।
नेपालमै फरक किसिमको नमुना शैलुन तथा पार्लर सञ्चालनमा ल्याइएकाे चौलागाईले बताए । झण्डै ६० लाख रुपैयाँ लगानीमा सञ्चालन गर्न लागिएकाे पार्लरमा १२ जनाले प्रत्यक्ष रोजगारी पाउने अर्का सञ्चालक हुमागाईंले जानकारी दिइन । शैलुनमा एकपटक ८ जनाले सेवा प्राप्त गर्न सकिने बताइएकाे छ । त्यसैगरी ब्युटीपार्ललमा एकै पटक ३ जनालाई सेवा दिन सकिने सिनियर हेयर स्टाइलिस राजेश ठाकुरले बताए ।

पार्लरमा युरेपीयन मुल स्पेन तथा फ्रान्सका सामानहरु प्रयोग गरेर फरक तरिकाले कपाल काट्ने, दारी काट्ने, कपालमा कलर गरिने ठाकुरले जानकारी दिए । कपाल काट्ने क्षेत्रमा २० वर्षदेखि काम गर्दै आएका ठाकुरको नेतृत्वमा अन्यले सेवा प्रदान गर्नेछन् ।
‘व्युटीपार्लरमा भारतको नयाँ दिल्लीबाट आएकी बन्दना सिंहले व्युटीसियनको काम गर्ने छन्’ सञ्चालक हुमागाईले भनिन् ‘एड्भान्स मेसिनको प्रयोग गरेर छालाको गुणस्तर र सुन्दरतामा ध्यान दिइने छ ।’ शैलुन तथा पार्लरले सेवाग्राहीहरुलाई फरक र गुणस्तरीय सेवा दिने व्यवसायकाे रुपमा स्थानीयस्तरमा सञ्चालनमा ल्याइएकाे सञ्चालकद्वयले बताएका छन् ।