मकवानपुर । मकवानपुर प्रहरीले विदेशी मुद्रा सहित १ जान भारतीय नागरिकलाई नियन्त्रणमा लिएकाे छ । भदाै ३१ गते बेलुका प्रहरी चौकी राताेमाटेबाट खटिएकाे प्रहरी टाेलीले हेटाैडा १५ बाट भारतीय नागरिक रम्भु दासलाई विभिन्न देशकाे मुद्रासहित नियन्त्रणमा लिएकाे हाे ।
हेटौडा १५ रातोमाटे स्थित पुर्व-पश्चिम सडक खण्डमा हेटौडाबाट बिरगंज तर्फ जादै गरेको मधेश प्रदेश ०३-००१ ज ३६४ नं.को
ईलोक्ट्रोनिक माईक्रोलाई जाँच गर्ने क्रममा उक्त माईक्रोमा सवार भारत विहार पुर्वी चम्पारण पलङवा थाना पसौना वडा नं.९
बस्ने ४० वर्षीय दासले लुकाई छिपाई गरी राखेको अवस्थामा बिदेशी मुद्रा फेला परेको मकवानपुर प्रहरीले जनाएकाे छ ।
नियन्त्रणमा लिइएकाे दासकाे साथबाट २३ लाख ३८ हजार ५ सय ३१ नेपाली रुपैया बरावरकाे विभिन्न देशकाे मुद्रा फेला परेकाे थियाे । दासकाे साथबाट युराे ८० थान (५० दरका), जापानी ऐन १ सय ३३ थान (१ हजार दरका) साउदी रियल २ थान (१ हजार दरकाे) १५ थान (५ सय दरकाे) ५ थान (२ सय दरकाे) ५२ थान (१ सय दरकाे) ७ थान (५० दरकाे) ५ थान (२० दरकाे) १३ थान (१० दरकाे) ७ थान (५ दरकाे) गरी १ सय १६ थान मुद्रा बरामद गरिएकाे हाे ।
दासलाई उक्त विदेशी मुद्रासहित नियन्त्रणमा लिइ आवश्यक कानुनी कारवाही बढाइएकाे मकवानपुर प्रहरीले जनाकारी दिएकाे छ ।