मकवानपुर । मकवानपुरको हेटौँडामा पहिलो पटक ३ दिवसीय टेष्ट क्रिकेट हुदैछ । मकवानपुर क्रिकेट संघको अयोजनामा पहिलो पटक ३ दिवसीय क्रिकेट प्रतियोगिता हुन लागेको हो ।
आज असोज १ गतेबाट ३ गतेसम्म टेष्ट क्रिकेट प्रतियोगिता हुने मकवानपुर क्रिकेट संघले जनाएको छ । टेष्ट क्रिकेटको फरम्याटमा हुने प्रतियोगितामा मकवानपुरे दर्शकले ‘ह्वाईट ड्रेस क्रिकेट’ को मज्जा लिन पाउने भएका छन् ।
हेटौंडा उपमहानगरपालिका ४ स्थित हुप्राचौरमा विहान ९ बजेबाट अपरान्ह ४ बजेसम्म लगातार चल्ने प्रतियोगितामा मकवानपुर र चितवन आमनेसामने हुने भएका हुन् ।
सुमन सुनार क्याप्टेन रहेको मकवानपुर टिमले दिपेश श्रेष्ठ क्याप्टेन रहेको चितवनसँग भिड्ने संघ सचिव बिनोदकुमार बानियाले जानकारी दिए ।