मकवानपुर । मकवानपुर बहुमुखी क्याम्पसको सञ्चालक समिति अध्यक्षमा अनन्तप्रसाद पौडेल चयन भएका छन् । सत्रौं क्याम्पस सभाबाट पौडेल सर्वसम्मत अध्यक्ष चयन भएका हुन् ।
शुक्रबारकाे क्याम्पस सभाबाट दोस्रो कार्यकालका लागि पौडेल अध्यक्ष चयन हुँदा सञ्चालक समितिको सदस्यमा नवराज विष्ट, विष्णुप्रसाद दाहाल, बद्रीप्रसाद लम्साल, माइकल रामचन्द्र अर्याल, कृष्णप्रसाद धिताल, अशोक शाक्य, प्रल्हाद लामिछाने र सर्केश घलान चयन भएका छन्।
यसैगरी क्याम्पस सभाले नवराज अर्यालकाे संयाेजकत्वमा ध्रुब बहादुर भुजेल, रमिला कुमारी सापकोटा र अप्सरा बस्नेत सदस्य रहेकाे लेखा समिति समेत सर्वसम्मत चयन गरेको छ । समितिको कार्यकाल ४ वर्षको हुनेछ ।
यसअघी सभाका जेष्ठ सदस्य तथा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा क्याम्पस सभा भएकाे हाे । सभामा मकवानपुर क्षेत्र नम्बर–१ का सांसद दिपक बहादुर सिंह, क्षेत्र नम्बर –२ का सांसद महेशकुमार बर्तौला, प्रदेश सांसदहरु प्रेम बहादुर पुलामी, एकालाल श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, संबिधान सभा सदस्य प्रल्हाद लामिछाने, जिल्ला समन्वय समिति मकवानपुर प्रमुख ललित घलान, बागमती गाउँपालिकाका अध्यक्ष सर्केस घलान लगायतकाको आतिथ्यता रहेको थियो ।
क्याम्पस संचालक समितिका अध्यक्ष अनन्त पौडेको अध्यक्षताम भएको सभामा संचालक समितिका कोषाध्यक्ष हिरालाल श्रेष्ठले कोषाध्यक्षको प्रतिवेदन, क्याम्पस सेवा समितिका अध्यक्ष बद्री प्रसाद लंसालले सेवा समितिले प्रतिवेदन र लेखा समितिका अध्यक्ष हरिप्रसाद हुमागाईंले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।