मकवानपुर । नेकपा एमालेका केन्द्रिय उपाध्यक्ष सुवास नेम्वाङको निधनपछी एमाले मकवानपुरले पार्टी कार्यालयमा शोक पुस्तिका राख्ने भएको छ ।
एमाले केन्द्रिय कार्यालयमा आज श्रद्धाञ्जली कार्यक्रम राखिने र जिल्ला पार्टी कार्यालयमा शोक पुस्तिका राखिने तयारी भएको बताइएको छ । अन्य कार्यक्रम बारे नेतृत्वसंग छलफल भइरहेको जिल्ला सचिब नवीन सिग्देलले बताए ।
नेकपा एमालेका उपाध्यक्ष नेम्वाङको बिहान १ बजे हृदयघातको कारण निधन भएको थियो।
हृदयघातपछि उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्याइएको थियो तर चिकित्सकहरुले उनको निधन भएको घोषणा गरेका थिए ।
पूर्वसभामुख समेत रहेका नेम्वाङ २०५६ सालयता इलामबाट लगातार चुनाव जितेर सांसद् रहँदै आएका थिए । उनी हाल नेकपा एमाले संसदीय दलको उपनेता समेत थिए ।
उनी जनआन्दोलन ०६२– ०६३ सँगै पुनस्थापित संसदका सभामुख बनेका थिए । २०६४ र २०७० मा पनि इलामबाट चुनाव जितेर संविधानसभाको अध्यक्ष भएका थिए । चारपल्ट सभामुख बन्दा उनी सधैं सर्वसम्मत भएका थिए ।