मकवानपुर । बागमती प्रदेशको स्वास्थ्य मन्त्री उत्तम जोशीले आत्महत्या रोकथामको लागि व्यक्ति परिवार समाज र राज्य तर्फबाट विभिन्न चरणमा काम गर्नुपर्ने बताएका छन् ।
व्यक्तिलाई मानसिक स्वास्थ समस्याबाट माथी उठाएर आर्थिक सामाजिक रूपमा सहजीकरण गर्नुपर्ने मन्त्री जोशीले बताए । सचेतना र समस्या सुनुवाइमा बिशेष समन्वय आवश्यक भएको उनले बताए ।
विश्व स्वास्थ्य संगठनका अनुसार मानसिक स्वास्थ्य मानसिक स्वास्थ्य भन्नाले कुनैपनि व्यक्तिको त्यस्तो अवस्था हो जसले व्यक्तिले आफ्नो क्षमतालाई पहिचान गर्दछ, जीवनका सामान्य तनावको अवास्थासँग सामना गर्दछ अनि उत्पादनशील एवं प्रभावकारी तरिकाले काम गर्न र समुदायमा केही योगदान दिन सक्षम हुन्छ ।
नेपालको संविधानमा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने र स्वास्थ्य सेवामा समान पँहुच हुने हकको व्यवस्था गरेको छ ।
जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ३ को उपदफा ४ (ङ) मा मानसिक स्वास्थ्य सेवालाई आधारभूत स्वास्थ्य सेवाको सूचीमा समावेश गरिएको छ । यसैगरी अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन २०७४ को परिच्छेद ७ मा स्वास्थ्य, पुनर्स्थापना, सामाजिक सुरक्षा तथा मनोरन्जनको व्यवस्था गरिएको छ । यसैगरी ऐनको दफा ३५ र ३६ ले मानसिक वा मनोसामाजिक अपाङ्गता भएका व्यक्तिका लागी थप सेवा सुविधाको समेत सुनिश्चितता गरेको छ ।
तर नेपालमा मानसिक स्वास्थ्यको बजेट १ प्रतिशतभन्दा कम छ । जसले गर्दा मानसिक स्वास्थ समस्या भएकाहरूलाई उपचारमा समस्या छ । तथ्यांकअनुसार निम्न आर्थिक अवस्था भएका देशहरुमा ७५-९० प्रतिशत मानसिक समस्या माएका मानिसहरुले मानसिक स्वास्थ्यको सुविधा लिन पाएका छैनन् ।
विश्व अत्महत्या रोकथाम दिवश २०२३ को सन्दर्भमा
“आत्महत्या रोकथामका लागि काम गरौं, आशाको सिर्जना गरौं” आत्महत्या रोकथाम सम्वन्धी प्रदेश नीति तथा योजना आयोग बागमती प्रदेशले नीति कार्यक्रम कार्यशाला गोष्ठी आयोजना गरिएको हो ।
कोशिशको सहयोगमा भएको कार्यक्रममा प्रदेश नीति तथा योजना आयोग उपाध्यक्ष प्रा.डा. नरविक्रम थापाको अध्यक्षतामा भएको थियोे । मानसिक स्वास्थ समस्याको बारेमा समयमै यथोचित उपचार आवश्यक हुने भएकोले नीतिगत रूपमानै सरकारले ध्यान दिनु पर्ने थापाले बताए ।
कार्यक्रममा प्रदेश नीति तथा योजना आयोग सदस्य किरण प्रसाद गजुरेल, कृष्णकुमारी बस्नेत प्रदेश सभासदज्यूहरु लक्ष्मी श्रेष्ठ, समिता खडगि श्रेष्ठ, रामकुमार पहाडी, प्रदेश नीति तथा योजना आयोगको सदस्य कृष्णकुमारी बस्नेतलगायतको उपस्थिति रहेको थियो ।
कार्यकममा स्वास्थ्य मन्त्रालय अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखा प्रमुख डा, खगेश्वर गेलालले बागमती प्रदेशमा दीगो बिकास लक्ष्य मिल्दोजुल्दो आत्महत्या रोकथामको स्थितिबारे र प्रदेश नीति तथा योजना आयोग सदस्य किरणप्रसाद गजुरेलले बागमती प्रदेशमा आत्महत्याको अभिलेख र आत्महत्या रोकथाम तथा न्यूनिकरण सम्बन्धी प्रस्तुतीकरण गरेका थिए ।
यसैगरी बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्ष मधुकुमार थापाले आत्महत्याको अभिलेख र रोकथाम तथा न्यूनीकरण सम्बन्धि प्रस्तुति गरेका थिए, भने आत्महत्यबाट प्रभावित व्यक्तिको अनुभवहरूको बारेमा कोशिसको नवराज गौतमले प्रस्तुति गरेका थिए ।