मकवानपुर । मकवानपुरकाे हेटौडामा वीपी काेइरालाकाे अर्धकदकाे प्रतिमा अनावरण गरिने भएकाे छ । जननायक तथा पूर्व प्रधानमन्त्री वीपी काेइरालाकाे अर्धकदकाे प्रतिमा अनावरण गर्न नेपाली कांग्रेस वरिष्ठ नेता शेखर कोइराला हेटौंडा आउने भएका छन् ।
भदौ २४ गते हेटौडा ११ स्थित वीपी बाटिकामा निर्माण गरिएकाे वीपीकाे प्रतिमा अनावरण गरिने कार्यक्रम रहेकाे तथा उक्त प्रतिमा अनावरण गर्न काेइराला हेटौडा आउने नेपाली कांग्रेस मकवानपुरले जनाएकाे छ । कांग्रेस मकवानपुरकाे आयोजना तथा वीपी विचार समाज मकवानपुरको संयोजनमा वीपीकाे १ सय १० औं जन्मजयन्तीकाे अवसरमा प्रतिमा अनावरण कार्यक्रम हुने शुक्रबार हेटौडामा पत्रकार भेटघाट मार्फत जानकारी गराइएकाे हाे ।
वीपी विचार समाज मकवानपुरले २४ गते नै वीपीको विचारको सान्दर्भिकताको विषयमा वीपी विचार विषयक गोष्ठी समेत आयाेजना गर्ने भएकाे छ । कांग्रेस मकवानपुर सभापति बुद्ध लामाका अनुसार नेता डा. कोइरालाले जिल्लाका नेता तथा कार्यकर्ताहरुलाई राष्ट्रिय राजनीति तथा कांग्रेसकाे पछिल्लाे समयकाे रणनीतिको विषयमा जानकारी दिने छन् ।