मकवानपुर । सामुदायिक विकास तथा सचेतना नेपाल र समृद्धि फाइनान्स हेटौडाले वित्तिय साक्षरता र तिज विशेष कार्यक्रम गरेकाे छ । शुक्रबार सचेतना र समृद्धिले हेटौँडा ५ मा वित्तिय साक्षरता तथा तिज विशेष कार्यक्रम गरेकाे हाे ।
कार्यक्रमका आरती पाठकले हरितालिका तिजको अवसरमा शुभकामना व्यक्त गर्दै महीला उद्यमीहरुले काष्ठ हस्तकलाको उत्पादन र विक्रीलाई थप व्यवस्थापन गर्नका लागि वित्तिय साक्षरता कार्यक्रम महत्वपूर्ण रहेको बताइन् । कार्यक्रममा समृद्धि फाइनान्स हेटौँडा शाखाका गम्भीर बतौला, श्रीदा श्रेष्ठ र सम्झना पौडेलले वित्तिय साक्षरता सम्बन्धी अभिमुखीकरण गरेका थिए ।
हेटौँडा ५ का महिला उद्यमीहरुको उपस्थिति रहेकाे कार्यक्रममा सामुदायिक विकास तथा सचेतना नेपाल र समृद्धि फाइनान्स हेटौडाले सहभागीहरुलाई तिजको कोशेली प्रदान गरेकाे थियाे ।
सामुदायिक विकास तथा सचेतना नेपालका अध्यक्ष ध्रुवप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा गैर सरकारी संस्था महासंघ बागमती प्रदेशका अध्यक्ष आरती पाठक, हेटौँडा उपमहानगरपालिका वडा नं ५ का वडा सदस्य रन्जिता सिलवाल, समृद्धि फाइनान्सका शाखा प्रमुख निश्चल लम्साल सामुदायिक विकास तथा सचेतना नेपालका सचिब अनन्त कुमार बानिया, कोषाध्यक्ष सर्मिला अधिकारी लगायतको आथित्यतामा भएको थियाे ।